२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

धुलिखेलमा खुल्ला फुटसल प्रतियोगिता हुने

  • २०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ८२८ पाठक संख्या
  • धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने भएको छ।

    व्याच नम्बर २०६५ धुलिखेलले बिजया दशमी -२०७८ को अवसरमा खुल्ला फुटसल प्रतियोगिता गर्न लागेको हो।

    असोज २३ गते हुने फुटसलमा प्रथम हुनेले १ लाख पुरस्कार पाउनेछन् । प्रतियोगितामा ५ लाख भन्दा बढि खर्च हुने आयोजक रविन खड्गीले जानकारी दिए ।

    प्रतियोगितामा ४ जना राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। अन्तर्राष्टिय प्रतियोगितामा १० गोल गरेका भारत खवास, जर्जप्रिन्स कार्की, बिक्रम लामा, सुरज्यु ठकुरी, तेज लामा, मणि लामाको नाम नोमिनेसनमा परेको आयोजकले बताएको छ।

    प्रतियितामा सहभागिताको लागि ५ हजार दर्ता शुल्क तोकिएको छ। अन्तिम दर्ता मिति असोज २० गतेसम्म तोकिएको छ।

    प्रतियोगितामा काभ्रे, काठमाडौं, भक्तपुर र सिन्धुपलाञ्चोक लगायत जिल्लाका ३२ टिम भन्दा बढी हुने अनुमान आयोजकले गरेको छ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    प्रतिक्रिया दिनुहोस