२०७८ कार्तिक १, सोमबार | Mon, 18, Oct, 2021

काँग्रेस जिल्ला अधिवेशन : प्रकृया एकतर्फी भएको भन्दै पनौती १० मा ढ्वाङ फाल्दै मतपत्र च्यातियो

  • २०७८ आश्विन ६, बुधबार मा प्रकाशित ३ हप्ता अघि
  • ७०४ पाठक संख्या
  • नेपाली काँग्रेसको १४ औं महाधिबेशनको क्रममा पनौती १० को वडा निर्वाचनमा निर्वाचन प्रकृया एकतर्फी भएको भन्दै सभापतिका उम्मेदवारको नेतृत्वमा मतपत्र च्यातिएको छ ।

    पनौती १० मा भएको निर्वाचन प्रकृयामा अध्यक्षका प्रत्यासीलाई नराखी, मुचुल्का समेत नबनाई निर्वाचन प्रकृयामा गएको भन्दै वडा सभापतिको उम्मेदवार जितबहादुर श्रेष्ठको नेतृत्वमा निर्वाचनमा प्रयोग हुने ढ्वाङ फालिदिएको र मतपत्र च्यातिएको खबर छ ।

    निर्वाचन अधिकृत सुवाष खड्काका अनुसार निर्वाचनमा त्यस्तो केहि नभएको र केहि समयमानै निर्वाचनको प्रकृया शुरु हुने जानकारी दिए ।

    त्यस्तै पनौतीकै ११ नं वडामा वडा सभापतिको मात्र निर्वाचन भइरहेको छ । बनेपा ९ मा १२ बजेदेखि निर्वाचन प्रकृया अगाडी बढ्ने जानकारी प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस