२०७८ कार्तिक १, सोमबार | Mon, 18, Oct, 2021

आफ्नै घरमा पालेको गोरुको आक्रमणबाट एकको मृत्यु

  • २०७८ आश्विन ६, बुधबार मा प्रकाशित ३ हप्ता अघि
  • २८८ पाठक संख्या
  • पाँचखाल ६ मा आफैंले पालेको गोरुको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ६ स्थित सालघारीका ७० वर्षिय पद्म बहादुर खड्काको आफ्नै घरमा पालेको गोरुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गोरु चराउन लाने क्रममा एक्कासि गोरुले आक्रमण गरेर सख्त घाईते भएका खड्कालाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो ।
    घटना घटे लगत्तै खड्कालाई अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको मृतकको परिवारले जानकारी दिएको छ ।

    खड्कालाई सख्त घाईते गराएर गोरुले अन्य व्यक्तिलाई पनि आक्रमण गर्न थालेपछि स्थानिय र प्रहरी प्रशासनको सहयोगमा गोरुलाई नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस