२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

काँग्रेस जिल्ला अधिवेशन : १ सय २६ वडामा निर्वाचन सम्पन्न, ७ वडामा स्थगित, केहि वडामा धाँधलीको आरोप

  • २०७८ आश्विन ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ११२१ पाठक संख्या
  • नेपाली काँग्रेसको १४ औं महाधिबेशनको क्रममा काभ्रेमा आज भएको वडा अधिवेशनमा १३ पालिकाका १ सय ३५ वडा मध्ये १ सय २६ वडामा निर्वाचन सम्पन्न भएको छ । दुईवटा वडामा धाधलीको आरोप र ७ वटा वडामा निर्वाचन स्थगित भएको छ ।

    जिल्ला निर्वाचन अधिकृत राजेन्द्र प्रसाद लामिछानेका अनुसार काभ्रेका १३ पालिकाका १ सय २६ वडामा निर्वाचन सम्पन्न भएको जानकारी दिए । निर्वाचन भएका मध्ये भुम्लु गाउँपालिकाको  वडा नं १ र ८ मा बहुमत सदस्यको अनुपस्थितिमा वडा अधिवेशन गरेको गुनासो आएको छ ।

    त्यस्तै नमोबुद्ध नगरपालिका वडा नं १, बनेपा नगरपालिका वडा नं ९, पनौती नगरपालिका वडा नं १० र ११, भुम्लु २, रोशी ५, धुलिखेल नगरपालिका वडा नं १२ मा निर्वाचन स्थगित भएको निर्वाचन समितिले जानकारी दिएको छ । स्थगित भएका पनौती ११ र रोशी ५ को भोली बुधवार निर्वाचन तोकिएको छ ।  निर्वाचन समितिले जानकारी दिए अनुसार ६ पालिकाका ७ वटा वडामा निर्वाचन स्थगित भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस