२०७८ कार्तिक १, सोमबार | Mon, 18, Oct, 2021

दुई दिन लगातार शुन्य भएको काभ्रेमा सोमबार ३४ जनामा कोरोना संक्रमण

  • २०७८ आश्विन ४, सोमबार मा प्रकाशित ३ हप्ता अघि
  • १४६ पाठक संख्या
  • दुई दिन लगातार शुन्य भएको काभ्रेमा सोमबार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ७ जना महिला, बेथानचोक गाउँपालिकाबाट १ जना महिला, धुलिखेल नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला, पनौती नगरपालिकाबाट १ जना महिला र पाँचखाल नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष गरी २२ जना तथा एन्टिजेन परीक्षणमा नमोबुद्ध नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना महिला र ४ जना पुरुष र पाँचखाल नगरपालिकाबाट २ जना पुरुष गरी १२ जनाको गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ९६ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार १ सय ८३ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

    त्यस्तै आज १४ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस