२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड काभ्रेकी प्राप्तीलाई

  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • ९६ पाठक संख्या
  • संसार क्रियशन आयोजना र संसार अनलाइन टिभीको प्रस्तुतीमा सञ्चालन गरिएको संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड २०२०/२१ काभ्रे रोशी ९ मंगलटारकी प्राप्ती तामाङले जितेकी छिन । उनी सँगै अश्विन प्रधान पनि प्रथम भए ।

    काठमाडौंमा आयोजना गरिएको प्रतिष्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ती तामाङ प्रथम भएकी हुन ।

    त्यस्तै काठमाडौंकी रितु श्रेष्ठ द्धितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपिँयासहित ट्रफी पुरस्कार पाएका छन् । उनीहरुले शनिबार आफ्नो गायकी प्रस्तुत गरेका थिए ।

    त्यस्तै खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा बीर वज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो भएका थिए । खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपिँया र १० हजार रुपिँयासहित ट्रफी पाएका छन् । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरुले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

    गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतीको लागि ट्रफी प्रदान गरिएको थियो । बाहिरी देशमा बस्ने १९ देशका नेपालीले पनि प्रतिष्पर्धामा भाग लिएका थिए ।

    संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए । उनले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता र दिक्दारीलाई थोरै भए पनि कम गर्न पनि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस