२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

मस्तिष्क घात भएकी बिनिताको उपचारमा सहयोगको अपिल

  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • ३४६ पाठक संख्या
  • भुम्लु गाउँपालिकाकी बिनिता नेपालीलाई मस्तिष्क घात भएको छ ।

    जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने बिनिता नेपालीको मस्तिष्क घात भएपछि काठमाण्डौको केएमसी अस्पतालमा उपचार भैरहेको छ ।

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्य कल्पना नेपालीको छोरी बिनितालाई मस्तिष्क घात भएपछि त्यहाँको स्थानीयले उपचारमा सहयोग गर्न अपिल गरेका छन् । अत्यन्तै आर्थिक अवस्था कमजोर भएको नेपाली परिवारले केहि बर्ष अघि घरमुली समेत गुमाइसकेको छ । बिनिताको बुवा केहि बर्ष अघि भारतमा रेल दुर्घटना परेर मृत्युु निधन भएका थिए ।

    आर्थिक अवस्था निकै कमजोर रहेको र बिनिताको उपचारमा निकै ठुलो खर्च लाग्ने भएको हुदाँ सबैले मानवीय सहयोग गर्न स्थानीय भुम्लुबासीले अपिल गरेका हुन ।

    नेपालीलाई सहयोग गर्न दोलालघाटमा रहेको कल्पना नेपालीको नाममा रहेको सेन्चुरी बैंकको खाता न. ०३९०००१५३७ एसआर मा रकम जम्मा गर्न सकिने जानकारी दिईएको छ ।

    मिडियाचोक डटकम बिनिताको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरिदिन अनुरोध गर्दछ ।

    प्रतिक्रिया दिनुहोस