२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

जनागालमा ट्रकभित्र बालिका बलात्कार, चालक र सह चालक पक्राउ

  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • १२५६ पाठक संख्या
  • बनेपा नगरपालिका १२ जनागालको साझा पेट्रोल पम्प छेउमा ट्रकभित्र एक बालिकालाई बलात्कार गरेको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् ।

    भक्तपुरको श्रृजनानगरबाट ट्रकमा राखेर ल्याएर जनागालमा बलात्कार गरेको आरोपमा धुलिखेल चोकबाट ट्रक सहित झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्क बहादुर बिश्वकर्मा र सह चालक मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएस्पी हरि खतिवडाले जानकारी दिए ।

    प्रहरीका अनुसार गत भाद्र २६ गते राती १२ः३० वजेको समयमा भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगर स्थित सडक खण्डमा पूर्व तर्फ जानको लागि भनि गाडी कुरिरहेकी वर्ष १३ की बालिकालाई गन्तव्य सम्म पुर्‍याईदिने भनि गाडीमा राखी ल्याई अन्दाजी १ः३० बजेको समयमा बनेपा नगरपालिका वडा नं. १२ साझा पेट्रोलपम्प अगाडी गाडी रोकी सोही गाडी भित्रै चालक र सह चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरी निज बालिकालाई गन्तव्य सम्म नपुर्‍याई सोही स्थानमा छाडी गाडी लिई भागी फरार भएका थिए ।

    प्रहरीले अनुसन्धानको क्रममा घटना घटाई गाडी लिई चालक र सह चालक सिन्धुली हुँदै झापा सम्म पुगेको खुलेको थियो । शंका लागेको ट्रक नंम्बर प्रदेश २(०३(००१ ख १४८५ नम्बरको भाडाको ट्रक वि।पि। राजमार्ग हुँदै आउँदै गर्दा धुलिखेल चोक बाट नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिको हुनाले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिईआवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस