२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित १ हप्ता अघि
  • ८८ पाठक संख्या
  • चन्द्रकोट गाउँपालिका ७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका ३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् । उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

    साथै प्रहरीले घाइते शिवलाई उपचारका लागि स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रालि मजुवा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

    झापा, भद्रपुर नगरपालिका ८ बस्ने २२ वर्षीय सुमन तामाङलाई १५ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

    कञ्चनपुर, भिमदत्त नगरपालिका १७ बाट करिब १२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका १३ वडैपुर बस्ने ३५ वर्षीय पदम सिंह कठायतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस