२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बागमती टिपर व्यवसायी संघ १३ औं बर्ष प्रवेश

  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ६०३ पाठक संख्या
  • बागमती टिपर व्यवसायी संघ १२ बर्ष पुगेर १३ बर्ष प्रवेश गरेको छ ।

    २०६६ सालमा स्थापना भएको बागमती टिपर व्यवसायी संघले स्थापना दिवसको अवसर पारेर सामाजिक काम र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

    सोमबार स्थापना दिवसको अवसर पारेर संघले मानव कल्याण समाजको सेवा घरमा रहेका सडक मानवहरुका लागि सहयोग गरेको प्रवन्धक प्रकाश कायस्थले जानकारी दिए ।

    त्यस्तै संघले दुर्घटना न्यूनिकरण गर्न कस्तो काम गर्न सकिन्छ भनेर सरोकारवाला निकायसँग बृहत अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्र खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, संघका अध्यक्ष प्रेम लामा, संघका निर्वतमान अध्यक्ष शेरबहादुर कुंवर, यातायात ब्यवसायी कम्पनीका अध्यक्षहरु राजेश श्रेष्ठ, आत्मराम थापा, राजेशसुन्दर सैजु, चित्र कुँवर, परिवार नियोजन संघका अध्यक्ष शुभराज जोशी, टिपर ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष सुरेश खत्रि, उपाध्यक्षहरु नविन बैद्य, ठाकुर गौतम, सचिव नरेन्द्र बादे, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ, प्रेट्रोलियम एशोसियसनका अध्यक्ष जनक तिमल्सिना, मजदुर नेताहरु दिपक केसी र जय केसी लगायतले संघले गर्ने काम तथा शुभकामना व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस