२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

काभ्रेली सांसद हुमागाई नेकपा एस बागमती प्रदेश संसदीय दलको सचेतक

  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित १ हप्ता अघि
  • १४३ पाठक संख्या
  • काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाई नेकपा एकीकृत समाजवादी (एस) बागमती प्रदेश संसदीय दलको सचेतकमा चयन भएका छन् ।

    हेटौंडामा बसेको नेकपा एसको संसदीय दलको बैठकले सांसद हुमागाईलाई सचेतकमा चयन गरेको हो।

    काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुमागाई नेकपा एसका काभ्रेका उपाध्यक्ष हुन । नेकपा एसमा १३ जना सांसद छन् । दलको नेतामा राजेन्द्र पाण्डे, उपनेतामा कृष्ण प्रसाद खनाल, प्रमुख सचेतकमा मुनु सिग्देल र हुमागाई सचेतकमा चयन भएका हुन ।

    बैठकले मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको समेत निर्णय गरेको थियो ।

    त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस