२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

“बाँस्कोटाले भ्रम फैलाए हामी एमाले प्रवेश गरेका छैनौ, काँग्रेस मै छौँ”

  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित २ साल अघि
  • २१४८ पाठक संख्या
  • नेपाली काँग्रेस मण्डन देउपुर नगरपालिकाले वडा न ११ जैसीथोकका नेपाली काँग्रेस कार्यकर्ताहरुले आफूहरु काँग्रेस मै रहेको बताएका छन ।

    आइतबार नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो घर लोकन्थलीमा बोलाएर निवासमा स्वागत छ भन्दै टिकाखादा लगाएको फोटोलाई काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको भन्दै प्रचार गरेपछि काँग्रेस कार्यकर्ताले उक्त भ्रममा नपर्न अपिल गरेका छन ।

    बाँस्कोटाले मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवाले जैसीथोकको विकास निर्माणमा चरम भष्ट्रचार गरेको र स्थानीयको चासो कम भएको भनि छलफलका लागि बोलाएको भन्दै सुमन तामाङले काँग्रेस कार्यकर्तालाई बाँस्कोटाको घर पुर्याएको सुशान तामाङले जानकारी दिए । हामी विकास निर्माणको छलफलका लागि गएका थियौ, त्यहाँ पुगेपछि बाँस्कोटाले हामीहरुलाई खादा लगाइदिनुभयो, त्यसपछि परिचय हुँदा हाम्रो नाम टिपेर राखिएको थियो । पछि न्युजमा त काँग्रेस छाडेर एमालेमा प्रवेश भन्ने पो देख्दा अचम्म लाग्यो, तामाङले भने ।

    काँग्रेस छाडेर एमाले गएको भनि प्रचार गरिएका सुशान तामाङ, तिलकबहादुर तामाङ, कृष्णबहादुर तामाङ, सन्तबहादुर तामाङ, पासाङ तामाङले आफूहरुले नेपाली काँग्रेस नछाडेको बताएका छन । त्यसैगरी जैसीथोक कै गणेश तामाङ, सत्यमान तामाङ, तीर्थबहादुर तामाङले पनि आफूहरु काँग्रेस मै रहेको विज्ञप्ती मार्फत जनाएका छन ।

    उनीहरुले एमाले नेता एवम् पूर्व मन्त्री बाँस्कोटाले आफ्नो चरित्र हत्या गरेको भन्दै आफूहरु एमालेले गरेको भ्रमबाट मुक्त भै आफूहरुको आस्था र विश्वासको पार्टी नेपाली काँग्रेसमा मै रहेको घोषणा गरेका छन । सोमबार प्रवेश गरिएका भनिएका काँग्रेस कार्यकर्ताहरुले महासमिति सदस्य ठाकुरप्रसाद न्यौपाने र मण्डनदेउपुर नगरपालिका वडा न ११ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र लामा समक्ष आफूहरु काँग्रेस मै रहेको भन्दै विज्ञप्ती निकालेका थिए ।

    प्रतिक्रिया दिनुहोस