२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

प्रदेश मन्त्री चन्द्र लामालाई गृहनगरमा सम्मान

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • २०७ पाठक संख्या
  • बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा विभिन्न संघसंस्थाले सम्मान गरेको छ ।

    नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा रहेका मन्त्री लामालाई नमोबुद्ध नगरपालिका, भकुण्डेबेशी जेसीज, भकुण्डेबेशी जुनियर जेसीज, जनक बहुमुखी क्याम्पस, जनक माध्यामिक विद्यालय, रोशी बाङ्मय प्रतिष्ठान र नेकपा एमाले नमोबुद्ध नगरले सम्मान गरेका थिए ।

    कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मन्त्री लामालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । जेसिजको तर्फवाट अध्यक्ष शुर्दशन चिमौरियाले, जनक क्याम्पसको तर्फवाट प्राचार्य हरिहर अधिकारी लगायतले सम्मान गरेका थिए ।

    सम्मान कार्यक्रममा मन्त्री लामाले नमोबुद्ध नगरको समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू मन्त्री नियुक्त हुनुभन्दा अगाडि पनि नमोबुद्धको विकासका लागि निरन्तर पहल गरेको बताउँदै मन्त्री लामाले नगरको हरेक वडा र टोलको विकासका लागि आफ्नो ध्यान केन्द्रित गरेको बताए । कृषिबाटै यस क्षेत्रका जनताको आर्थिक उन्नति हुने भन्दै मन्त्री लामाले कृषि एवं पशुपालन क्षेत्रको विकासमा आफू लागिपर्ने बताए ।

    कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, पूर्वमन्त्री रेशम लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, उपसचिव जनार्दन रिजाल, इन्जिनियर उज्ज्वल अर्याल, जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    एमालेले गरेको सम्मानमा नगर अध्यक्ष टिपी शर्मा तिमल्सिना, पुर्वमन्त्री रेशम लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल, एमाले प्रदेश कमिटी सदस्य कृष्णचन्द्र आचार्य, एमाले जिल्ला सचिवालय सदस्य एवं नमोबुद्ध नगर इन्चार्ज राजन भुर्तेल, नेकपा एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिष्णु खनाल, किसान संघका राममणि हुमागाईं, एमाले पुर्व जिल्ला कमिटी सदस्य उद्धवप्रसाद हुमागाई, वुद्धिजीवि परिषदका जिल्ला अध्यक्ष नवराज भुर्तेल, अनेमसंघ नगर अध्यक्ष चन्द्रा खनाल, नगर सहसंयोजक कृष्ण खनाल, २ नं का वडा अध्यक्ष सञ्जीव ढकाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस