२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

धुलिखेल अस्पतालमा तीन महिने बालिकाको कोरोनाको कारण मृत्यु

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • १०२ पाठक संख्या
  • धुलिखेल अस्पतालमा उपचाररत तीन महिने बालिकाको कोरोनाको कारण मृत्यु भएको छ ।

    धुलिखेल अस्पतालमा उपचार भैरहेको बुटवल नगरपालिका वडा नं ७ को ती महिने बालिकाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले पुष्टि गरे ।

    उपचारको लागि ल्याइएको बालिाकामा यहि २५ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । तीन महिने बालिकाको पेटको समस्या र जन्डिसको मात्रा समेत देखिएको धुलिखेल अस्पतालले जनाएको छ ।

    जिल्लामा कोरोना संक्रमणबाट हाल सम्मा २ सय ६७ जनाको मृत्यु भै सकेको छ । मृतक मध्ये काभ्रेका १ सय ९१ जना र बाहिरी जिल्लाका ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस