२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ४९६ पाठक संख्या
  • दाङको बंगलाचुली गाउँपालिका वडानम्वर ७ बिर्खेमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    तीजको दरखाने दिन राति बिर्खेमा नाच हेरेर बिहान ३-४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पीडित युवतीको जाहेरीको आधारमा बंगलाचुली गाउँपालिका वडानम्बर ७ बिर्खेका तीन युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बंगलाचुली-७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्गी र २० वर्षीय याम बहादुर मास्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए ।

    पक्राउ परेका युवाहरूलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

    प्रतिक्रिया दिनुहोस