२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

  • २०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित १ हप्ता अघि
  • ८९ पाठक संख्या
  • नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएका राजिनामा अस्वीकृत भएको छ ।

    काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलका अनुसार २०७८ भाद्र २३ मा पार्टीका सभापति शेरबहादुर देउवा समक्ष दिएको राजिनामा सभापतिले अस्वीकृत गर्नु भएको जानकारी दिए ।

    कोभिड—१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४ औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सह्राना गर्दै अधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न अनुरोध गरिएको विज्ञप्तीमा उल्नेख छ ।

    प्रतिक्रिया दिनुहोस