२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

कांग्रेस निर्वाचन समिति संयोजक यादवले दिए पदबाट राजीनामा, बाँकी रहेका जिल्लाको निर्वाचन अनिश्चित

  • २०७८ भाद्र २४, बिहिबार मा प्रकाशित १ हप्ता अघि
  • ३९९ पाठक संख्या
  • नेपाली कांग्रेसको १४ औं महाधिबेशन निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेव यादवले पदबाट राजीनामा दिएका छन् ।

    स्रोतका अनुसार उनले डडेलधुरामा देखिएको पार्टी क्रियाशील सदस्यता विवाद र अन्य जिल्लामा पनि नेताहरूपिच्छे फरक–फरक धारणा आएको भन्दै राजीनामा दिएको स्रोतले जनायो ।

    उनले राजीनामा दिएपनि शुक्रवार मात्र आधिकारिक धारणा प्रस्तुत गर्ने जनाएका छन् । यादवले भने ‘यसबारेमा मैले मिडियामा भोलि बोल्छु । अहिले केही बोल्दिन । आफै बुझ्नुस् ।’

    उनको राजीनामाले काँग्रेसका बाँकी रहेका जिल्लाको निर्वाचन अनिश्चित भएको छ ।

    प्रतिक्रिया दिनुहोस