२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी नेपालसँग २ विकेटले पराजित

  • २०७८ भाद्र २२, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • १११ पाठक संख्या
  • नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो ।

    ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो । ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भएपनि त्यसपछि आएका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ८२-७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए । रोहित ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपालले अविजित रहि ३२ बलमा २२ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस