२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

एकै परिवारका ६ जनाको बीभत्स हत्या, प्रहरी घटनास्थल पुग्दै

  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • १४५४ पाठक संख्या
  • संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ।

    प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या गरेको हो। एक जना घाइते रहेको उनले बताए।

    ६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ, प्रवक्ता राईले भने । एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको राईको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस