२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपाल २-१ ले पराजित

  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • ९५० पाठक संख्या
  • भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो।

    भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए।

    दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए।

    ८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए।
    नेपालका लागि तेजले खेल सकिन तीन मिनेट बाँकी छँदा गोल फर्काए। उनले ८७ मिनेटमा डिबक्स बाहिरबाट सुन्दर गोल गरेका हुन्।

    खेलमा नेपालले पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो। दुवै हाफमा मनिष डाँगीले गोल गर्न सकेनन्।

    प्रतिक्रिया दिनुहोस