२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पार्वती एल्मुनाईको जिम्मेवारी बाँस्तोलाको काँधमा

  • २०७८ भाद्र १९, शनिबार मा प्रकाशित २ साल अघि
  • ११२२ पाठक संख्या
  • बेथानचोकमा रहेको पार्वती एल्मुनाई एशोसिएशन नेपालको आगामी २ बर्षे कार्यकालका लागि अध्यक्ष पदमा मिठाराम बाँस्तोला (नविन) निर्विरोध निर्वाचित भएका छन । शनिवार भर्चुवल माध्यमबाट सम्पन्न प्रारम्भिक साधारण सभाबाट बाँस्तोलको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा पुरुषोत्तम तिमल्सिना, सचिवमा छवि श्रेष्ठ, सह–सचिवमा दिपिका के.सी र कोषाध्यक्षमा विनोद तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा कुमार तिमल्सिना, पार्वती सपकोटा, उषा शंकर, सन्दिप तिमल्सिना, भगवान आचार्य र सुशान्त अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक पद्म नारायण तिमल्सिनाले जानकारी दिए ।

    हरपलको साथी पूर्व विद्यार्थी भन्ने नारा लिएर जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित पार्वती माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुलाई संगठित गरी शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल भई पूर्व विद्यार्थी शान र मानलाई उच्च राख्ने उद्देश्य सहित स्थापित पार्वती एल्मुनाई एशोसिएशन नेपाल विधिवत रुपमा दर्ता भई बेथानचोकमा सक्रिय रहँदै आएको नवनिर्वाचित अध्यक्ष मिठाराम बाँस्तोलाले बताए ।

    बेथानचोक गाँऊपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकार यातायत व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरे, पार्वती माध्यामिक विद्यालयका प्रधानाध्यपक गोविन्द प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस