२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

सर्बाधिक रुचाईएको ‘दि बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेन’ धुलिखेलमा

  • २०७८ भाद्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • ७२१ पाठक संख्या
  • धुलिखेलमा बर्गर हाउस एण्ड क्रञ्चिफ्राइड चिकेनको ७९ औं शाखाको रुपमा सञ्चालनमा आएको छ ।

    तेमाल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामा सहितको युवाहरूले सञ्चालनमा ल्याएका बर्गर हाउस एण्ड क्रञ्चिफ्राइड चिकेनको एक कार्यक्रमका विच नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य तिर्थ लामाले उद्घाटन गरे । उद्घाटनमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्याञ्जु, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ सहित सहभागी भएका थिए ।

    उनले बर्गर हाउसमा क्रञ्चि बर्गर, कफी, फाष्टफुडसहित अर्डर अनुसारका परिकार पाइने सञ्चालक लामाले जानकारी दिए । एकपटकमा ९० जनासम्मलाई सेवा दिन सक्ने यस हाउसमा आकर्षक इन्टेरियर रेष्टुरेण्ट एण्ड बार रहेको छ । ९० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको बर्गर हाउसमा युवा पुस्तादेखि पाका पुस्तासम्मका लागि उनीहरुको रोजाइका परिकार पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने सञ्चालकले जानकारी दिए ।

    युवालाई लक्षित गरेर सञ्चालनमा आएको बर्गर हाउसमा ब्राण्ड कन्सियस र गुणस्तरीय सेवा प्रदान सञ्चालक लामाले बताए ।

    प्रतिक्रिया दिनुहोस