२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

मुसामा पाइने किर्नाको टोकाइबाट चार जनाको मृत्यु

  • २०७८ भाद्र १४, सोमबार मा प्रकाशित ३ हप्ता अघि
  • ४७४ पाठक संख्या
  • मुसामा पाईने किर्ना (स्क्रब टाइफस) का कारण काभ्रेमा पछिल्लो दुई सातामा ४ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ३ बालबालिका र एक ज्येष्ठ नागरिक छन् । मृत्यु हुनेमा काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकका छन् ।

    धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिश जोशीका अनुसार केही दिनयता अस्पतालको बालरोग विभागमा मात्रै दिनहुँ ३–५ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेका छन् । १०–१२ दिनदेखि ज्वरो आएको भन्दै अस्पताल आएका १०–१२ वर्षका ३ बालबालिकाको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।

    ‘समयमै पत्ता लाग्यो भने सामान्य औषधि उपचारले यो रोग निको हुन्छ । ढिला भए श्वासप्रश्वास, फियो, मिर्गौलालगायतका अंगमा असर गरेर बिरामीको मृत्यु हुने गरेको छ । खेत, झाडीलगायत बाहिरी वातावरणमा पाइने यो किर्नाले मुसालगायत माध्यम हुँदै मानिसलाई टोक्छ । यसले टोकेको ठाउँमा कालो दाग र वरिपरि रातो बिमिरा आउने, उच्च ज्वरो र जीउ दुख्ने पनि हुन्छ ।

    प्रतिक्रिया दिनुहोस