२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रेमा कोरोना संक्रमण दर घट्दै

  • २०७८ भाद्र १४, सोमबार मा प्रकाशित २ साल अघि
  • ८०९ पाठक संख्या
  • काभ्रेमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ भने संक्रमण निको हुने दर बढ्दै गएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमवार जिल्लामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४२ जना निको भएका छन् । केहि दिनको डाटा हेने हो भने पनि हिजो ३५ जनामा संक्रमण देखिएको तथा ३९ जना निको भएका थिए । शनिवार १५ जनामा संक्रमण हुँदा ४४ जना निको भएका थिए ।

    गत शुक्रवार ३१ जनामा संक्रमण पुष्टि भएकोमा ३२ जना डिस्चार्ज भएका थिए । त्यस्तै गत विहिबार ४३ जनामा कोरोना संक्रमण हुँदा ८५ जना कोरोना संक्रमण मुक्त भएका थिए ।

    पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ७ जना महिला र ६ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र पनौती नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष १९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।नरेन्द्र कुमार झाले जानकारी दिए ।

    उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा पनौती नगरपालिकाबाट २ जना महिला १ जना पुरुष र नमोबुद्ध नगरपालिकाबाट १ जना महिला गरी ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार १ सय ६८ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १३ हजार ५ सय ८९ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस