२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

काभ्रे फेस्ट -सिजन २ को अडिसन सम्पन्न

  • २०७८ भाद्र ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • १०३६ पाठक संख्या
  • एल एण्ड एन मोडेल एजेंसीले सञ्चालन गरेको काभ्रे फेस्ट – सिजन २ को अडिसन सम्पन्न गरेको छ ।

    बिगत २ वर्ष देखि रोकिएर रहेको काभ्रे फेस्ट -सिजन २ अन्तिम चरणको अडिसन बनेपामा स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ। अडिसनमा महिला तर्फबाट २० जना र पुरुष तर्फबाट ६ जना छनौट भएको आयोजक नितिन कायस्थले जानकारी दिए ।

    छनौट अभियानमा राष्ट्रिय मोडेलिङ्ग संघ काभ्रे, यूरेका लियो क्लब बनेपा, यूरेका लियो क्लब काठमाडौँ,सौन्दर्य कलाकर्मी संघ -काभ्रे र नयाँ युवा नयाँ सोच काभ्रे संघले सहयोग गरेका छन् । कार्यक्रमको लागि भूमि अस्पताल बनेपाले स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए।

    छनौटमा परेका सम्पूर्ण युवा /युवतीहरुलाइ भोली बुधवारबाट प्रशिक्षण दिईने आयोजकले जनाएको छ । वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा काभ्रे फेस्ट -सिजन २ एउटा सुनौलो अवसर रहेको आयोजकले जनाएको छ ।

    अन्तिम अडिसनको निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य, बनेपा सौन्दर्यकर्मीका अध्यक्ष एबम योगा प्रशिक्षक सोभा थापा नकर्मी ,मोडलिङ् संघ काभ्रेका अध्यक्ष जीवन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिनाका संचालक प्रकाश बोलाखे रहेका थिए।

    प्रतिक्रिया दिनुहोस