२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

बोम्पोहरुले बनेपा गोसाइस्थान र तेमालको नारायणस्थानमा मनाए ‘गोने ङ्याह’

  • २०७८ भाद्र ६, आईतबार मा प्रकाशित १ महिना अघि
  • २९९ पाठक संख्या
  • तामाङ समूदायमा ‘गोने ङ्याह’का रुपले चिनिन्छ। यो दिन तामाङ समुदायमा रहेका बोन धर्म सम्प्रदायका बोम्पो (झाँक्री)हरु लेकमा उक्लन्छन् र कुण्डहरुको पूजा गर्छन्।

    बोम्पोका साथमा अरु भक्तजन पनि जाने गर्छन्। कमाईको पहिलो भाग चढाउँदा प्रकृति खुसी भएर वरदान मिल्ने विश्वास तामाङ समूदायमा रहेको छ। यही अवसरमा काभ्रेका झाँक्रीहरु बनेपामा रहेको गासाईस्थान र तेमालको नारायणस्थान मन्दिरमा दर्शनमा आइपुगेका छन्। दुबै ठाउँमा प्रशासनले कोरोना संक्रमणलाई लिएर भिडभाड नगर्न भनेको भएपनि दर्शनार्थीहरुको भिड लागेको थियो ।

    यही अवसरमा बोम्पो विद्या सिक्नेहरुले गुरु थाप्ने चलन पनि रहेको छ। आज तामाङहरुले तामाङ ज्ञान दिवसको रुपमा समेत मनाउने गरिन्छ।

    प्रतिक्रिया दिनुहोस