२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

यो बर्ष पनि नारायणस्थान मेला स्थगित

  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित १ महिना अघि
  • १७२ पाठक संख्या
  • कोरोना संक्रमणको जोखिमका कारण यस पटक पनि नारायणस्थान मन्दिरमा जनैपूर्णिमाको दिन ठुलो मेला नलाग्ने भएको छ ।

    कोरोनाको कारण यो बर्ष पनि गाउँपालिकाले  वडा नं ५ मा रहेको नारायणस्थान मन्दिरमा जनैपूर्णिमामेला स्थगित गरेको हो ।

    गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण संक्रमण रोकथाम र नियन्त्रणको निमित्त जात्रा नगर्न र नगराउन अनुरोध गरेका हुन् ।

    सूचनामा भनिएको छ ,‘यस तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थान स्थित धार्मिक तथा पर्यटन दृष्टिकोणले प्रसिद्ध सत्यनारायण मन्दिरमा जनै पूर्णिमा पर्वमा मेला लाग्दै आएकोमा हाल विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मेला, पर्व, जात्रा जस्ता कार्यहरु नेपाल सरकारको निर्णयानुसार नगर्न र नगराउनु हुन निर्देशन भए बमोजिम यस गाउँपालिका अन्तर्गत यस वर्ष जैन पुर्णिमामा जात्रा पर्व सञ्चालन नगर्न नगराउनु हुन सम्पुर्ण महानुभावहरुमा जानकारी गराईन्छ ।’

    प्रतिक्रिया दिनुहोस