२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

तालिबानद्धारा अफगानिस्तान कब्जा, राष्ट्रपति गनीले देश छोडे

  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित १ महिना अघि
  • ५२८ पाठक संख्या
  • अफगानिस्तानका तालिवान लडाकुहरू आइतबार राजधानी काबुल पसेका छन् । उनीहरुले अफगानिस्तानको काबुल बाहेक सबै राज्यहरु कब्जा गरिसकेको बिबिसिले जनाएको छ ।

    अफगानिस्तानका मुख्य सहरहरु नियन्त्रणमा लिएको केही घन्टामै तालिवानहरु काबुल पसेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आइतबार बिहान मात्रै तालीवानहरुले पूर्वी सहर जलालावादलाई नियन्त्रणमा लिएका थिए ।

    अफगान राष्ट्रपतिको कार्यालयको ट्वीट अनुसार काबुलका विभिन्न स्थानमा फायरिङ भएको सुनिएको तर त्यहाँस्थित सशस्त्र बल र अन्तराष्ट्रिय साझेदारहरुको सहयोगमा सहर नियन्त्रणमै रहेको भनेपनि तालिवान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको जनाएको छ ।

    राष्ट्रपति अशरफ गनीले देश छोडे

    अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको जनाइएको छ।

    तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो।

    अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।

    दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए।

    यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो।

    यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो।

    तालिबानको तीव्र आरोह

    एप्रिल : अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
    मे : तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
    जुन : तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
    २१ जुलाई : वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
    ६ अगस्ट :लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
    १३ अगस्ट : दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
    १४ अगस्ट : उत्तरी सहर मजार -ए-शरिफमाथि तालिबानको कब्जा
    १५ अगस्ट : युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा

    बिबिसिको सहयोगमा

    प्रतिक्रिया दिनुहोस