२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

बढि दुध उत्पादन गर्ने काभ्रेका ३१ सहकारीलाई प्रति लिटर दुई रुपियाँ अनुदान

  • २०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ५०१ पाठक संख्या
  • काभ्रेमा बढी दुध उत्पादन गर्ने एकतिस वटा दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादनमा आधारित प्रति लिटर दुई रुपियाँ अनुदान रकम प्राप्त गरेका छन् ।

    बागमती प्रदेश सरकारले कार्यविधि नै निर्माण गरेर दुधको उत्पादकत्व बढाई प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले दुग्ध उत्पादनमा आधारित अनुदान वितरण सुरु गरेको हो । अनुदान पाउने सहकारीमा मण्डनदेउपुर नगरपालिकाका १४, पाँचखाल नगरपालिकाका ११, धुलिखेलका ३, पनौतीका २ र रोशीको १ गरी ३१ सहकारी छन् ।

    अनुदान पाउनेमा पाँचखाल नगरपालिका भित्रका ज्यामिरकोट दुग्ध उत्पादक सहकारी, शिखरपुर श्रीरामपाटी दुग्ध उत्पादक सहकारी, मुडेपानी दुग्ध उत्पादक सहकारी, गणनायक दुग्ध उत्पादक सहकारी, टाँकेबेशी दुग्ध उत्पादक सहकारी, अनैकोट दुग्ध उत्पादक सहकारी, धनलक्ष्मी दुग्ध उत्पादक सहकारी, महदेवस्थान दुग्ध उत्पादक सहकारी, भक्रमदेवी दुग्ध उत्पादक सहकारी, आत्मनिर्भर दुग्ध उत्पादक सहकारी र महाँकाली दुग्ध उत्पादक सहकारीले अनुदान रकम पाएका छन् ।

    त्यस्तै मण्डनदेउपुर नगरपालिकाको प्रगती दुग्ध उत्पादक सहकारी, रानीटार दुग्ध उत्पादक सहकारी, आँपघारी दुग्ध उत्पादक सहकारी, ब्रह्मायणी दुग्ध उत्पादक सहकारी, उमादेवी दुग्ध उत्पादक सहकारी, सर्वझाङ्ग दुग्ध उत्पादक सहकारी, नयाँ बिन्धवासिनी दुग्ध उत्पादक सहकारी, जनता दुग्ध उत्पादक सहकारी, देवीपञ्चकन्या बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी, मिलन दुग्ध उत्पादक सहकारी, भतेरे दुग्ध उत्पादक सहकारी, पञ्चकन्या बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी, ठुल्डिबेशी दुग्ध उत्पादक सहकारी र चैनपुर दुग्ध उत्पादक सहकारीले अनुदान रकम पाएका हुन् ।

    धुलिखेल नगरपालिकाभित्रका देउराली दुग्ध उत्पादक सहकारी, सेतीदेवी दुग्ध उत्पादक सहकारी र कालिदेवी दुग्ध उत्पादक सहकारीले अनुदान पाए । पनौती नगरपालिकाको कलातीभूमिडाँडा साना किसान कृषि सहकारी, खरिबोट दुग्ध उत्पादक सहकारीले अनुदान पाए भने रोशी गाउँपालिकामा नार्के दुग्ध उत्पादक सहकारी लिमिटेडले प्रति लिटर दुई रुपियाँ अनुदान रकम पाएका हुन् ।

    दैनिक कम्तिमा तीन सय लिटर दुध सङ्कलन गर्ने, बार्षिक कम्तिमा दुई सय दिन दुध सङ्कलन गरेको, नियमित बार्षिक साधारण सभा, लेखा परीक्षण गरेको, स्थायी लेखा नम्बर लिएको, कर चुक्ता गरेको सहकारी अनुदान पाउन योग्य हुने कार्यविधिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस