२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

भुम्लुमा उन्नत जातका बोयर बाख्रा वितरण

  • २०७८ श्रावण २८, बिहिबार मा प्रकाशित २ साल अघि
  • १०५० पाठक संख्या
  • भुम्लु गाउँपालिकाले भुम्लुटारका किसानलाई उन्नत जातको ३० वटा बोयर बाख्रा बितरण गरेको छ ।

    गाउँपालिकाको आ.ब. २०७७/०७८मा स्वीकृत कार्यक्रम तथा गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठको पहलमा किसानलाई ३० वटा बोयरबाख्रा र ३ वटा बोयरजातका बोका बितरण गरिएको हो ।

    लागत साझेदारीमा बाख्रा प्रबर्द्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिईन । बितरण कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ, वडा अध्यक्ष मोतीलाल तामाङ, नेकपा एमालेका युवा नेता दिपक गौतम, गाउँपालिका पशु विकास शाखा प्रमुख बिजय थापा लगायतले भुम्लुटारको किसानहरुलाई बाख्रा बितरण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस