२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

अन्तरराष्ट्रिय युवा दिवसमा काशिभञ्ज्याङमा बृक्षारोपण र मैत्रीपूर्ण फुटवल

  • २०७८ श्रावण २८, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ५०१ पाठक संख्या
  • अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा बनेपा नगरपालीका ३ काशिभन्ज्याङ्ग क्षेत्रमा बृहत बृक्षारोपण र मैत्रीपूर्ण फुटवल कार्यक्रम सम्पन्न भएको छ।

    प्रकृतिको रक्षा प्राणीको सुरक्षा भन्ने मुल नारा लिएर काशीभन्ज्याङ्ग एकिकृत बिकास समितिको आयोजनामा प्रचुर पर्यटकीय संभावना बोकेको सो क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

    बनेपा नगरपालिकाकी उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा ३ का अध्यक्ष कृष्ण प्रसाद दाहाल, काशीभन्ज्याङ्ग एकिकृत बिकास समितिका अध्यक्ष उदव बजगाई, उपाध्यक्ष राजानन्द माण्डव्य, सचिव माधव बजगाई, नेविसंघका नेता हरिशरण बजगाई लगायतले बृक्षारोपण गरेका थिए ।

    कार्यक्रममा काशीभन्ज्याङ्ग एकिकृत बिकास समितिले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने योजना अनुरुप बिभिन्न कार्ययोजना अगाडी सारेकोमा नगरपालिकाले सक्ने आर्थिक, भौतिक, सामाजिक साथ सहयोग सदैब तत्पर रहेको बनेपा नगरपालिकाका उप प्रमुख रेखा सापकोटा दाहाल जानकारी दिईन ।

    काशीभन्ज्याङ्ग एकिकृत बिकास समितिका अध्यक्ष उदव बजगाँईले कासिभञ्ज्याङ क्षेत्र पर्यटकिय सम्भावना बोकेको हुनाले जिल्ला मात्रै नभै आसपासका जिल्लाहरुका आन्तरिक पर्यटक समेत आउने गरेको र सो क्षेत्र नगरकोट र धुलिखेल पैदल पर्यटन मार्ग रहेकाले पर्यटकिय क्षेत्र बनाएर युवालाई रोजगारी सृजना गर्न सकिने बताए ।

    संस्थाका उपाध्यक्ष राजानन्द माण्डव्यले उक्त क्षेत्र पर्यटकिय मात्रै नभै लगभग ४ सय वर्ष पुरानो अस्तित्व बोकेको धार्मिक क्षेत्र, रत्नचुण्डेश्वर महादेवको सानिध्य रहेको, बासुकी नागको बासस्थान भएको, नाला उग्रचण्डी भगवती तथा पलान्चोक भगवतीको काखमा रहेको,गणेश हिमाल लगायतका हिमशृंखलाको अवलोकन गर्न सकिने भएकोले साँस्कृतिक रुपमा समेत बिकास गर्नुपर्ने बताए ।

    समितिका सचिव माधव बजगाईले वडा,नगर तथा प्रदेश सरकारले समेत चाँसो लिनुपर्ने र आर्थिक रुपमा समेत राज्यले सहयोग गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

    मैत्रीपूर्ण फुटवलमा नाला फुटवल क्लबले कासिभञ्ज्याङ युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस