२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

चिनियाँ मोटरसाइकल कम्पनी हाउजे मोटरसाईकलको शोरुम बनेपामा

  • २०७८ श्रावण २८, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ६०५ पाठक संख्या
  • बनेपामा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नयाँ शोरुम सञ्चालन हुने भएको छ । नेपालाको लागि हाउजेको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले बनेपास्थित संंगम मार्गमा नयाँ शोरुम खोल्ने भएको हो ।

    बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले पाएको छ। बनेपा वरिपरिका ग्राहकहरू लक्षित हाउजेको डिलर सुरु गरेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए ।

    उनका अनुसार सवारी बिक्री पछिका सेवाहरूलाई कम्पनीले प्राथमिकतामा राख्नेछ । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेले नेपालमा राम्रो बजार पाएको कम्पनीका सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले बताइन् ।

    बाइकमा भएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण चालकलाई लामो र उबडखाबड सडकमासमेत सहज यात्रा दिलाउने कम्पनीले दाबी गरेको छ । यसको इन्जिन वारेन्टी २ वर्षको छ भने निःशुल्क सर्भिस ६ पटकसम्म उपलब्ध गराइनेछ ।

    कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरू विस्तार गरिरहेको छ । हाउजेको मुख्य शोरुम काठमाडौंस्थित कमलपोखरीमा छ । त्यस्तै यसको शोरुमहरू काठमाडौंस्थित टेकु, नयाँबजार, चाबहिल र उपत्यका बाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा छन् ।

    प्रतिक्रिया दिनुहोस