२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्णपदक

  • २०७८ श्रावण २३, शनिबार मा प्रकाशित १ महिना अघि
  • ४०९ पाठक संख्या
  • जापानमा चलिरहेको ओलम्पिक फुटबलको उपाधी ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो ।

    ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एकरएक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टी ब्राजिलले सदुपयोग गर्न सकेको थिएन । तर पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले अग्रता लिन सफल भयो । ६१ औं मिनेटमा स्पेनले गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १र१ को बराबरीमा सकियो ।

    अतिरिक्त समयको १ सय ८ औं मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाउन सफल भए ।

    प्रतिक्रिया दिनुहोस