२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

पनौतीका दुग्ध किसानलाई अनुदान

  • २०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १४३० पाठक संख्या
  • पनौतीमा रहेको खरिबोट दुग्ध उत्पादन सहकारी संस्थाले दुग्ध किसानलाई अनुदान रकम वितरण गरेको छ । उक्त सहकारी मार्फत दूध विक्री गर्दै आएका १०६ किसानले प्रतिलिटर दुई रुपियाँ अनुदान पाएका हुन ।

    बागमती प्रदेश सरकारले सहकारी मार्फत दूध विक्री गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँ अनुदान दिने गरेको छ । काभ्रेमा सहकारी मार्फत दूध विक्री गर्ने किसानले उक्त अनुदान पाउँदै आएका छन । पनौती नगरपालिका वडा न ८ मा रहेको खरिबोट दुग्ध उतपदन सहकारी संस्था लिमिटेडले शुक्रबार एक कार्यक्रमका बीच उक्त अनुदान रकम वितरण गरेको हो ।

    पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, वडा न ८ का वडा अध्यक्ष केशव बन्जारा, कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटा, वडा न ८ का वडा सचिव भगवान बस्नेत, सहकारीका अध्यक्ष गुरुराज बन्जरा लगायतको अनुदान रकम वितरण गरेका थिए ।

    खरिबोट दुग्ध उत्पादन सहकारी संस्थाका व्यवस्थापक एवम् पनौती नगरपालिका वडा न ८ का वडा अध्यक्ष बन्जाराले सहकारी मार्फत एक बर्षमा संकलन भएको तीन लाख १९ हजार १४४ लिटर दूधको दुई रुपियाँका दरले छ लाख ३८ हजार २८८ रुपियाँ बागमती सरकारले अनुदान दिएको रकम वितरण गरेको बताए ।

    बागमती प्रदेश सरकारले प्रोत्साहनमा आधारित दुग्ध किसानलाई अनुदान रकम दिदैँ आएको छ । निजी डेरीमा दूध भर्ने किसानले भने त्यो सुविधा पाउँदैनन । दुई रुपियाँ अनुदान दिदाँ किसानले फ्याटमा ५७ पैसा पाउने गरेका छन । उक्त सहकारीले किसानलाई आयो अनुदानको रकमबाट स्प्रे पम्प वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस