२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

खलनायक मुकुन्द थापाको सिघ्र स्वास्थ्य लाभको कामना

  • २०७८ श्रावण २०, बुधबार मा प्रकाशित १ महिना अघि
  • ४५९ पाठक संख्या
  • काभ्रेली कलाकार मुकुन्द थापालाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।

    घाँटीको समस्या देखिएपछि उनलाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको थियो ।

    घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।

    उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेको थियो ।

    नेपाली चलचित्रमा कलाकार थापाले खलनायकको रूपमा अभिनय गर्दै आएका छन् ।

    मिडियाचोक डटकम थापाको स्वास्थ्यलाभको कामना गर्दछ । सिघ्र स्वास्थ्यलाभ खलनायक ज्यू ।

    प्रतिक्रिया दिनुहोस