२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पूर्वकप्तान पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यासको घोषणा

  • २०७८ श्रावण १९, मंगलबार मा प्रकाशित २ साल अघि
  • १२९३ पाठक संख्या
  • पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएका छन् ।

    खड्काले सामाजिक सञ्जालमा स्टेटस मार्फत अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गरेका हुन ।

    उनले राष्ट्रिय क्रिकेटमा भने खेल्नेछन् । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न सुरु गरेका थिए ।

    ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन् ।

    खड्काकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एक दिवसिय मान्यतासम्म प्राप्त गरेको थियो ।

    नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे ।

    एसोसिएट क्रिकेटकै स्टार खेलाडीको रुपमा रहेका पारसले केही विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए ।

    प्रतिक्रिया दिनुहोस