पाँचखाल नगरपालिकाको समन्वयमा नगर भित्र मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई राहत वितरण गरिएको छ ।
पाँचखाल नगरपालिकाको समन्वयमा कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको सहकार्यमा पाँचखालमा रहेका आर्थिक अवस्था कमजोर भएका तथा मानसिक स्वास्थ्य उपचारमा रहेका ५२ जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । उनीहरुलाई पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले राहत सामाग्री वितरण गरिन ।
उपप्रमुख दनुवारका आनुसार उनीहरुलाई दाल, चामल, तेल लगायत खाद्य सामाग्री तथा मास्क र सेनिटाईजर लगायत स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस