२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

साहित्यकार लाकोजूको नयाँ कृति : ‘मकरको कथा’ सार्वजनीक

  • २०७८ श्रावण १४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • २९२ पाठक संख्या
  • साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति ‘मकरको कथा’ सार्वजनिक भएको छ।

    लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सकृय रूपमा साहित्यिक कर्म गर्दै आएका लाकोजूले पनौतीमा बाह्र वर्षे मकरमेला लाग्ने वर्षको सन्दर्भ मिलाएर बालबालिकालाई लक्षित गरि यो पुस्तक प्रकाशन गरेका हुन ।

    पनौतीमा बाह्र वर्षमा एक पटक माघ महिनाभर लाग्ने ऐतिहासिक मकर मेला आगामी माघ महिनामा लाग्दै छ। पुस्तकमा कथाको विषय बस्तु अनुसारको चित्र राखिएका छन । प्रकाश रंजितको चित्र रहेको उत्त पुस्तक आकर्षक देखिन्छ । मकरको कथाको अंग्रेजी अनुबाद समेत प्रकाशन भएको साहित्यकार सूर्य लाकोजूले बताए । “मकर मेला” कसरी सुरु भयो ? यसको प्रेरणा घटना के थियो ? यसबारे किंवदन्ती के छ ? कुन विधि र कर्महरु सहित यो मेला भर्नुपर्छ ? आदि इत्यादि थुप्रै जिज्ञासा मेटाउन पुस्तकले भूमिका खेल्नेछ ।

    दर्जनौ कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद जस्ता विधामा कलम चलाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस