२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

  • २०७८ श्रावण १२, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ४०३ पाठक संख्या
  • पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालीका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच विभिन्न सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षरगरेका छन् ।

    नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने विषयका समझदारीपत्रमा हस्ताक्षर गरेको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए । पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्ने उद्धेश्यले विभिन्न सात वटा बुँदालाई मुख्या आधार बनाएर समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरप्रमुख खरेलको भनाई छ ।

    सम्झौता पत्रमा कार्य अनुभब भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फर्म/कम्पनीहरुसँग सम्भावित परामर्शदाता, निर्माणकर्ताको रुपमा रही कार्य गर्न परामर्शदाता र निर्माणकर्ताको पहिचान तथा प्रचलित खरिद व्यवस्था बमोजिम खरिद सम्झौतासम्मको कार्य गर्न सहयोग र सहकार्य गर्न नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक विकासलाई सहयोग पु¥याउन पूर्वाधार लगानीमा पर्याप्त विकास हुनु पर्ने आवश्यकतालाई ध्यानमा राखी पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘पाँचखाल नगरपालिकामा स्मार्ट सिटी निर्माण गर्ने’ कार्याक्रमलाई मुर्त रुप दिने जनाएको छ । सो परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्न पक्षहरू आपसमा सहकार्य गर्न उल्लेख छ ।

    नगरपालिकाको तर्फबाट नगरपालिकाले प्रस्तावित ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने सम्पूर्ण नीतिगत र कानूनी व्यवस्था गर्ने, तालुक निकायबाट आवश्यक नीतिगत एवं कानूनी स्वीकृति प्राप्त गर्ने तथा निफ्रालाई नगरपालिकाको तर्फबाट उक्त नीतिगत तथा कानूनी व्यवस्थाको अधिनमा रही स्वीकृति एवं सिफारिस प्रदान गर्ने, परियोजनाको अध्ययन, विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन तयारी, बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौट तथा वित्तीय श्रोतको व्यवस्थापन जस्ता कार्यहरु गर्न आवश्यक व्यवस्थापकीय सहयोग तथा समन्वय गर्ने र त्यसको लागि प्रस्तावित ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक पर्ने जग्गाको उपलव्धता तथा सोको एकीकरण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, स्थानीय सरकारको हैसियतले परियोजनाको सुरुवाती एवं निर्माणको चरणमा मध्यस्तकर्ता, विवाद समाधानकर्ता र समन्वयनकर्ताको भूमिका निर्वाह गर्ने तथा परियोजनासँग सम्बन्धित उपयुक्त मञ्चमा निफ्रालाई आमन्त्रित/सहभागी गर्ने गराउने उल्लेख छ ।

    त्यस्तै तेस्रो बुँदामा निफ्राको भूमिकामा ‘स्मार्ट सिटी’ निर्माण गर्न सम्बन्धित कार्य अनुभब भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फर्म /कम्पनीसित सम्भावित परामर्शदाता, निर्माणकर्ताको रुपमा रही कार्य गर्न परामर्शदाता र निर्माणकर्ताको पहिचान गर्न सहयोग गर्ने, परियोजनाको अध्ययन, विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन तयारी, बजारीकरण तथा विकासकर्ता वित्तीय श्रोतको व्यवस्थापन जस्ता कार्यहरुमा सहकार्य गर्ने, परियोजनाको लगानी खाका तयारी तथा जोखिम व्यवस्थापन जस्ता कार्यहरुमा सहकार्य गर्ने, परियोजनामा लगानी जुटाउन वित्तीय सल्लाहकार वा नेतृत्व प्रबन्धकको भूमिका निर्वाह गर्ने, पक्षहरुले सो समझदारीपत्रका उद्धेश्यहरुलाई कार्यान्वयन गर्न र सहज समन्वयका लागि आ–आफ्ना तर्फबाट सम्पर्क व्यक्तिलाई नियुक्ति गर्न सहमत रहने र त्यसको लागि आवश्यक्ता अनुसार भूमिक तथा पक्षहरूको आपसी लिखित सहमतिबाट समय–समयमा संशोधन एवं परिमार्जन गर्न सकिनेछ उल्लेख छ ।

    त्यस्तै चौथो बुँदामा जानकारीको आदान–प्रदान तथा गोपनीयता सम्बन्धमा प्रभावकारी समन्वय नियमित सूचनाको आदान प्रदानमा निर्भर रहेको कुरालाई दुवै पक्षहरुले मान्यता दिने, जानकारीको आदान–प्रदान आन्तरिक नीतिहरूको आधारमा सम्भव भएको हदसम्म पक्षहरूले गोपनीयतालाई कायम राख्दै आवश्यक जानकारी खुलाउन उचित व्यवस्था गर्ने, एकपक्षबाट अर्को पक्षले प्राप्त गरेको डाटा र जानकारी सहित सबै पत्राचारको गोपनीयता यस प्रकृतिको कार्यमा प्रचलित कानून एवं प्रचलित अभ्यास गरिनेछ उल्लेख छ भने बुँदा ५ मा समझदारीपत्रको अवधिमा दुवै पक्षहरुले सहिछाप गरी सम्पन्न गरिएको मितिबाट समझदारीपत्र कार्यान्वयनमा आउने र समझदारी भएको एक बर्षको अवधिको लागि मान्य हुने उल्लेख छ । सो समझदारी गरिएको एक बर्षमा समझदारीपत्र आवश्यकताको आधारमा नवीकरण गरिने र यदी समझदारीपत्र नवीकरण नगरिएमा आगामी बर्षहरुको लागि स्वतः नवीकरण÷खारेजी हुने उल्लेख छ । समझदारीपत्र अन्त्य गर्नुपरेमा एक पक्षले अर्को पक्षलाई तीस (३०) दिनको लिखित सूचना दिएर समझदारीपत्र अन्त्य गर्न सकिने उल्लेख छ ।

    त्यसैगरी बुँदा ६ मा समझदारीपत्र अन्तर्गत क्रियाकलापहरू सञ्चालन गर्दा हुने कुनै पनि खर्च पूर्णरूपमा जुन पक्षले भूमिका निर्वाह गर्ने कार्य पूरा गर्न सोही पक्षले स्वंयम् व्यहोर्नेछ र जबसम्म अर्को पक्षले त्यस्तो खर्च वहन गर्न सहमति वा स्वीकृति दिंदैन, तबसम्म त्यस्ता खर्चहरूको लागि अर्को पक्ष उत्तरदायी हुनेछैन भनि उल्लखे गरिएको छ भने बुँदा ७ मा समझदारीपत्रलाई समय–समयमा पक्षहरूको आपसी सहमतिबाट संशोधन गर्न सकिने उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस