२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

निरीक्षक र विद्यार्थीहरुलाई नेबिसंघको स्वास्थ्य सामाग्री बितरण

  • २०७८ श्रावण ११, सोमबार मा प्रकाशित २ साल अघि
  • ९४५ पाठक संख्या
  • नेपाल विद्यार्थी संघ काभ्रेले विश्वमा फैलिएको कोभिड १९ को महामारीमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

    यसै क्रममा नेविसंघले काभ्रे बहुमुखी क्याम्पस र धुलिखेल क्याम्पसमा स्नातक पहिलो वर्षको चलिरहेको परिक्षाका निरीक्षकहरुको लागि ३०/३० थान फेस शिल्ड र प्ररिक्षार्थी विद्यार्थीहरुलाई मास्क उपलब्ध गराएको छ । लामो समय देखि स्थगित भएको परीक्षा सञ्चालनमा सहजता होस भनेर स्वास्थ्य सामाग्री वितरण गरेको नेपाल विद्यार्थी संघ काभ्रेको सभापति नृपेश बादेले जानकारी दिए ।

    यस अघि पनि नेवि संघ काभ्रेले निशुल्क खाना, माक्स, सेनिटाइजर वितरणको साथै अक्सिजनको व्यवस्थापन कोभिड संक्रमितहरुलाई घर घरमा गएरसयौंलाई औषधि वितरण, फुड बैंक स्थापना लगायतका काम गर्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस