२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पार्टी कार्यक्रम सरकारी निवास बालुवाटारमा नगर्ने प्रधानमन्त्री देउवाको निर्णय

  • २०७८ श्रावण ७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६२० पाठक संख्या
  • कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेका छन् ।

    प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो ।‘सामाजिक सञ्जालमा आएका सुझावअनुसार प्रधानमन्त्रीले पार्टीको औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय लिनुभएको छ,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने ।

    अघिल्लो प्रधानमन्त्री केपी ओलीले सबै बैठक बालुवाटारमानै बसेका कारण निक्कै आलोचित बन्न पुगेका थिए ।

    देउवाले शुक्रबार नै पार्टी पदाधिकारी बैठक डाकेका छन् । पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर अनशन र धर्ना जारी रहेकाले बैठक सभापतिको निजी निवास बूढानीलकण्ठमा हुने भएको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि देउवाले बैठक बोलाएका हुन् ।

    महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यतालाई लिएर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको भीड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस