२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पाँचखाल नगरप्रमुख खरेलको धर्मपत्नी नम्रता काफ्लेले पलाञ्चोक भगवती मन्दिर परिसरको पार्किङ जग्गा खरिदका लागि २१ लाख सहयोग

  • २०७८ श्रावण ६, बुधबार मा प्रकाशित २ साल अघि
  • १६०१ पाठक संख्या
  • पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेको ब्यक्तिगत जग्गाहरु काभ्रेको पाँचखाल नगरपालिका नगरप्रमुख महेश खरेलका धर्मपत्नी नम्रता काफ्ले खरेलले पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेको ब्यक्तिगत जग्गाहरु भगवती मन्दिरको नाममा पार्किङको लागि खरिदका लागि लाखौँ रुपैयाँ सहयोग गरेकी छन् ।

    उनले आफ्नो व्यक्तिगत तीन लाख र आफ्नो ब्यापारिक समूहबाट १८ लाख गरि २१ लाख रुपैयाँ जग्गा खरिदको लागि सहयोग गरेकी हुन् । आफ्नो जन्म दिनको अवसरमा काफ्लेले नगर प्रमुख महेश खरेलको उपस्थितिमा हरिशयनी एकादशीको दिन पलाञ्चोक मन्दिर परिसरमा पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठलाई २१ लाख रुपैया हस्तान्तरण गरिन ।

    पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेका व्यक्तीका नाममा रहेका ८१ आना जग्गा मध्ये पाँचखाल नगरपालिकाले ९ आना सहित ३० आना जग्गा खरिद भै सकेको नगरप्रमुख महश खरेलले जानकारी दिए । बाँकी रहेको ५१ आना जग्गा पनि बैना भइसकेको खरेलको भनाई छ । हाल सम्म व्यक्तीगत रुपमा नम्रता काफ्ले र उनको समूहले सबैभन्दा बढि २१ लाख, दिलबहादुर श्रेष्ठले ३ लाख, रामहरी श्रेष्ठले ३ लाख ३५ हजार, रामबहादुर श्रेष्ठले ३ लाख ५१ हजार, श्यामलाल श्रेष्ठले ३ लाख ३ हजार, दिपककुमार खड्काले ३ लाख रकम सहयोग गरेको पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

    पलाञ्चोक मन्दिर परिसरमा रहेको जग्गा खरिदको लागि नगर प्रमुख महेश खरेलको अगुवाइ र पाँचखाल ९ का वडाध्यक्ष किरण श्रेष्ठको समन्वयमा आना क्लब सुरु गरिएको छ । एक आनाको तीन लाख रूपैयाँ तोकिएको आना क्लबमा आम सर्वसाधारणले सहयोग गर्न सक्नेछन् । सहयोग गर्न चाहेमा कृषि विकास बैंक पाँचखाल खाता नम्बर ०२१२७०१८०८०६६०१५ र नेपाल बैंक खाता नम्बर १२४००१०६९८६६०५०००००१ मा सहयोग गर्न सकिने नगरप्रमुख खरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस