२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

आँखा अस्पताललाई १० लाख बराबरको उपकरण सहयोग

  • २०७८ श्रावण ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५३६ पाठक संख्या
  • बनेपा ११ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा अस्पतालको लागि दश लाख रुपैँया बराबरको उपकरणहरु हस्तान्तरण गरिएको छ ।

    जिल्ला समन्वय समिति काभ्रेले बनेपा नगरपालिकामार्फत दश लाख रुपैँयाको चस्मा बनाउने र प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो ।

    मङ्गलबार अस्पतालमा आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादेलेअस्पताल सञ्चालक समितिका अध्यक्ष मधु आचार्यलाई उपकरण हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष मधु आचार्य, जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादे, उपप्रमुख रेखा सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, बनेपा नगरपालिाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती लगायतले अस्पताल र उपकरण बारे मन्तब्य राखेका थिए ।

    अस्पताल सञ्चालक समितिका महासचिव हिरामणी शर्मा तिमल्सिनाले मङ्गलबार अस्पताललाई उपलब्ध गराइएका उपकरणहरुले अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो छरितो बनाउन ठुलो सहयोग पुग्ने बताए । यसअघि अस्पतालमा चस्मा बनाउने दुई वटा मेसिनबाट छ मिनेटमा दुई वटा चस्मा बन्न सक्थ्यो भने अहिले हस्तान्तरण भएको मेसिनबाट छ मिनेटमा तीन वटा चस्मा बन्ने शर्माको भनाई छ । प्रयोगशालाका लागि प्राप्त भएको मेसिनले मधुमेहका बिरामीलाई ठुलो सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस