२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

चर्चित तीनधारे झरना संरक्षणको लागि बहुवर्षिय ठेक्का सम्झौता

  • २०७८ श्रावण ५, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • १६८ पाठक संख्या
  • रोशी गाउँपालिकाको गहना, पर्यटकीय क्षेत्र चर्चित तीनधारे झरना (बाहुबली) संरक्षणको लागि बहुवर्षिय ठेक्का सम्झौता भएको छ ।

    मंगलबार गाउँपालिकाको कार्यलयमा गाउँपालिका अध्यक्ष डि.बि. लामा, प्रमुख प्रशसकीय अधिकृत डम्बरु दाहाल र कम्पनीका प्रतिनिधि सनत आचार्य बिच ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार तीनधारे संरक्षण योजना अनुरुप उक्त कम्पनीले तीनधारे क्षेत्रमा सार्वजनिक शौचालय, रेलिङ, चेन्जीङ रुम, पैदल मार्ग, खहरेपाँगु देखि झरना जाने मोटर बाटो स्तरोन्नती लगायतका काम गर्ने गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

    ५ करोड लागत अनुमान गरिएको उक्त योजनाको २ करोड ८० लाखमा सगुन ईनोभेटिभ जेभी सँग ठेक्का सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । २ वर्ष भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनामा गाउँपालिकाले ३० प्रतिशत र केन्द्र सरकारले ७० प्रतिशत बजेट बिनियोजन गरेको दाहालको भनाई छ ।

    गतबर्ष देखि चर्चामा रहेको तीनधारे झरना संरक्षण गर्न सकेमा पर्यटकहरुको आकर्षकको बिन्दु बन्ने तथा त्यस क्षेत्रमा रहेका गाउँपालिका र स्थानीयको सहभागितामा संचालित होम स्टेबाट आय आर्जनमा वृद्धि हुने, पार्कीङ लगायत अन्य व्यवसायबाट गाउँपालिकाको विकासमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाले जनाएको छ ।

    पर्यटकको मन लोभ्याउन सफल भएको तीनधारे झरनाछ, सम्पदाको संरक्षणमा ध्यान नदिए लोप हुँदै जाने भएकोले यसको संरक्षणमा गाउँपालिका एक चित्त भई लागेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस