२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

नेपाल पक्षका संसदको बैठक : प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह

  • २०७८ श्रावण ५, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • १०६ पाठक संख्या
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् ।

    एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदको बैठक बसेको थियो । बैठकमा प्रतिनिसभा पुनर्स्थापनाका लागि खेलेको भूमिका र आगामी बाटोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

    सांसदहरुले पार्टीले स्पष्टीकरण सोधेको भन्ने सुनेपनि पत्र नपाएको सांसद विरोध खतिवडाले बताए । अर्की सांसद रामकुमारी झाक्रीले स्पष्टीकरण पत्र आए राजनीतिक रुपमा प्रतिवाद गर्ने र आवश्यक परे कानूनी लडाइँमा जाने बताइन् । साथै उनले बदला भाव त्याग्न र पार्टीलाई एकतावद्ध गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस