२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

लड्केश्वरमा १ सय ८ फिटको त्रिशुल बन्ने

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित १ हप्ता अघि
  • १५२ पाठक संख्या
  • पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीमा रहेको लड्केश्वर महादेव मन्दिर परिसरमा १ सय ८ फिट अग्लो त्रिशुल राखिने भएको छ ।

    हरिवोधनी एकादशीका ठुलो मेला लाग्ने लड्केश्वरमा १ सय ८ फिटको त्रिशुल स्थापना हुन लागेको हो । सोमवार एक कार्यक्रमका विच त्रिशुल राख्ने ठाउँको मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले शिलन्यास गरे ।

    हरिवोधनी एकादशीको दिन उद्घाटन गर्ने गरी त्रिशुल निर्माण गरिने आयोजकले जनाएको छ । शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्य, प्रदेश सभा सदस्य बुन्धरा हुमागाई, पनौती नगरप्रमुख भिम न्यौपाने, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना,  धार्मीक अभियन्ता मुकुन्द शरण शर्मा लगायतले त्रिशुल स्थापनापछि लड्केश्वर महादेव मन्दिरको महिमालाई झन बढाउने बताए । तीनै तहका सरकार, धार्मीक भक्त अनुरागीहरुको चन्दाबाट निर्माण त्रिशुल निर्माण हुनेछ । कार्यक्रममै प्रदेश संसद हुमागाई र पनौती नगरप्रमुख न्यौपानेले सहयोग गर्ने बचन दिएका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं पनौती उद्योग बाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष महेश पौडेल, समाजसेवी मुकेश पन्त, पूर्व कर्णेल अशोक थापा, बल्थली भिलेज रिसोर्टका सञ्चालक रामप्रसाद हुमागाई, वडा अध्यक्ष तारामान लामा लगायत सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस