२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

नेपाल पक्षका ११, ओली पक्षका प्रेम आले, किसान श्रेष्ठ र धनबहादुर बुढाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिए

  • २०७८ श्रावण ३, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • ४७१ पाठक संख्या
  • नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार पक्षका ११ सांसदले मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । पार्टी एकताका लागि दबाब पुगोस् भनेर उक्त निर्णय लिइएको सांसद दिपक प्रकाश भट्टले जानकारी दिए ।

    माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याण खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरुलगायत ११ छन् ।

    त्यस्तै केपी ओली पक्षका संसदले पनि प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका छन् । केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढाले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

    उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस