२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

एमाले खनाल-नेपाल पक्षबिनै प्रधानमन्त्री देउवालाई बहुमत

  • २०७८ श्रावण ३, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • ४३४ पाठक संख्या
  • जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको निर्णयसँगै एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षका सांसदले मत नदिए पनि प्रधानमन्त्री देउवाको पक्षमा बहुमत पुग्ने देखिएको छ ।

    विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) महन्थ १२, तथा जनमोर्चाको एक मत पक्का भएको छ । कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको गरी १४२ मत पुग्छ ।

    प्रतिक्रिया दिनुहोस