२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

मेरी बास्सैका चर्चित हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल

  • २०७८ श्रावण ३, आईतबार मा प्रकाशित १ हप्ता अघि
  • ९९ पाठक संख्या
  • हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

    पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

    किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको वुझिएको छ । यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।

    उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । वुझिएअनुसार, उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् ।

    हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । उनले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस