२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

  • २०७८ श्रावण ३, आईतबार मा प्रकाशित २ साल अघि
  • ७३० पाठक संख्या
  • सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने छ । करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

    संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

    अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर०ले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै बताइसकेका छन् । यद्यपि आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

    चालु अधिवेशनमै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने छन् । तर उनले कहिले विश्वासको मत लिने भन्ने टुंगो छैन ।

    प्रतिक्रिया दिनुहोस